इजरेलले थाल्यो आक्रमण, गाजावासीलाई घरबाट भाग्न चेतावनी

बीबीसी । इजरेलले गाजामा बसिरहेका मानिसहरूलाई घर छाड्न चेतावनी दिएको छ । शनिबार हमासले आफूविरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै इजरेलले गाजावासीलाई घर छाड्न चेतावनी दिएको हो ।

हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरेलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन् । दक्षिण इजरेलमा साइरनका आवाजहरू सुनिएका छन् । हमासले आफूले इजरेलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ । इजरेली सेनाले देशभित्रका कैयौँ ठाउँमा लडाइँ चलिरहेको बताएको छ ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै गाजामा इजरेलले विद्युत, इन्धन र सामानहरूको आपूर्ति बन्द गर्ने जनाइएको छ । इजरेली अधिकारीहरूले बिजुली काटिदिएपछि शनिबार राति नै गाजा अन्धकार बनेको थियो । इजरेलले हमासको आक्रमणमा ३०० भन्दा बढी मानिस मारिएको जनाएको छ । गाजामा ज्यान गुमाउनेको सङ्ख्या २३० भन्दा बढी पुगेको छ ।

इजिप्टसहित इजरेलले सुरक्षाको कारण देखाउँदै सन् २००७ यता गाजा स्ट्रिपमा नाकाबन्दी लगाएको छ । इजरेलले गाजामाथिको हवाई क्षेत्र र त्यहाँको तटीय क्षेत्रमा पनि नियन्त्रण कायम राखेको छ र उसले सीमाबाट के समान लैजान दिने या नदिने निर्धारण गर्छ ।

इजरेली सेना र हमास विद्रोहीहरूबीच लडाइँ जारी रहँदा प्रधानमन्त्री नेतान्याहुले आफ्ना नागरिकहरूलाई एउटा ‘लामो र अप्ठेरो युद्ध’ मा प्रवेश गरिएको बताए । ‘हमासले गरेको नृशंस आक्रमणले युद्ध थोपरिदिएको छ केही घण्टामा पहिलो चरणको लडाइँ समाप्त हुने र त्यसमा इजरेली भूमिमा रहेका अधिकांश विद्रोहीहरू समाप्त पारिनेछ,’ उनले भने ।

इजरेली सेनाले उल्लेख्य रूपमा आफ्ना नागरिक र सैनिकलाई बन्धक बनाइएको उल्लेख गरेको छ । त्यसमा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरू रहेको उसको भनाई छ । एक जना सैनिक प्रवक्ताले कतिपय जीवितै रहेको र कतिपय मारिएको हुनसक्ने दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस