३२ वर्षीया नारायणीले गरिन् ३ वर्षका छोराको हत्या

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका-७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।

मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।

असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिँडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खबर गरेका थिए । घटनालगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खबर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस