tea/शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
फाइल फाेटाे

न्याय र अधिकार खोज्न कहिलेसम्म सडक तताउने ?

काठमाडौं । नेपाल बन्द गर्ने प्रवृत्ति हाटेसँगै सडक आन्दोलनले प्रशय भएको छ । केही वर्ष अघिसम्म ठूला दलदेखि साना समूहसम्मले केही पर्‍यो कि नेपाल बन्द गरिहाल्थे तर, बन्दले आजित हुन थालेपछि बिस्तारै नागरिक तहबाटै बन्द बहिष्कार हुन थाल्यो ।

बन्द सधैँका लागि बन्द नभए पनि पछिल्लो समय नेपालै बन्द गर्ने आन्दोलन कम हुँदै गएका छन् । बरु आन्दोलनका नयाँ-नयाँ स्वरूपहरू आएका छन् । सर्वसाधारणलाई दुःख नदिई गरिने आन्दोलनले सार्थकता पाइरहेका छन् । युवापंक्तिले रचनात्मक आन्दोलन गरिरहेका छन् । त्यो चाहे डा. गोविन्द केसीको अनशन होस् वा अभियान्ता ईःको आन्दोलन । केसीले अनशन बसेरै केही ठूला उपलब्धि पनि हासिल गरे ।

अहिले काठमाडौं महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरू साता दिनदेखि राष्ट्रिय सभागृह परिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ता ईःसहित सभागृहमा उभिएका युवाहरूले दलदेखि विभिन्न व्यक्तिको समर्थन प्राप्त गरेको छ ।

न्याय र अधिकार खोज्न सडकमा आउनैपर्ने बाध्यताजस्तै बनिरहेका बेला केही दिनदेखि काठमाडौँको माइतीघर र बानेश्वर क्षेत्र अस्तव्यस्त हुँदै आएको छ । केही दिनअघि देशभरका शिक्षकले विद्यालय बन्द गरेर यही सडकलाई आन्दोलनको थलो बनाए । तीन दिनसम्म माइतीघरदेखि बानेश्वरसम्मको सडक कब्जा गरेका उनीहरू सरकारले ६ बुँदे सहमति गरेपछि गाउँ फर्किए । तर, सहमतिमा चित्त बुझाउन नसकेका राहतसहितका शिक्षकहरूले अहिले पनि सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

माइतीघरदेखि बानेश्वर सम्मको सडकको एक भाग अहिले पनि उनीहरूकै कब्जामा छ । नेतृत्वले धोखा दिएको भन्दै उनीहरू आफ्नो आवाज सरकारलाई सुनाउन सडक आन्दोलन गरिरहेका छन् । उनीहरूले मंगलबार माइतीघरमा सिठी जुलुस गरेका थिए । सरकारलाई आफ्ना माग सुनाउन सिठी फुकेको उनीहरूले बताएका छन् । सामुदायिक विद्यालयका राहत कोटासहित १० घटकका शिक्षक यतिखेर सडक आन्दोलनमा छन् । राहत, करार, बाल विकास लगायतका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । आफ्ना माग सम्बोधन नभएसम्म विद्यालय नफर्किने उनीहरूको अडान छ ।

राहतलगायत शिक्षकले आन्दोलन जारी राख्दा चिकित्सकहरू पनि सडकमा आइपुगेका छन् । चिकित्सकमाथि कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलमा ठूलो सङ्ख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् ।

सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् । उनीहरूले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्नेलगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

उनीहरूले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । ‘स्वास्थ्यकर्मीमाथि दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुर्व्यवहार भइरहेको छ । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ आन्दोलनरत चिकित्सकहरूले भनेका छन्, ‘कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौँ ।’

यस्तै अभियान्ता ईःको पक्षमा राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् । उनको समर्थनमा सडक व्यापारीदेखि नेतासम्मले ऐक्यबद्धता जनाएका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै ऐक्यबद्धता जनाएका हुन् ।

फुटपाथ व्यवसायीले अभियान्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन नै गरेका छन् । सयौँको सङ्ख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रदर्शन गरेका हुन् । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले क्रूरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायत विरोधमा अभियान्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।

उसो त चाहे मिटरब्याजबाट पीडित नागरिक हुन् या सरकारसँग मल माग्न गएका किसान । न्याय माग्न होस् या अधिकार पाउन सडक आन्दोलन नगरी राज्यले सुन्दैन । अवस्था यस्तो भइसक्यो कि कोही सडकमा नआई कसैले सुन्दैन । राजधानी काठमाडौँको माइतीघरमा हरेक दिन कोही न कोही सडक आन्दोलनमा हुन्छ । संघीयता सुदृढ गर्नेदेखि खारेज गर्नेहरू आन्दोलन गर्न यही सडकमा पुग्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस