तालिबानद्वारा प्रहरी प्रमुखको हत्या

कान्दाहार । अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् ।
आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् ।
उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन ।
बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए ।
यस हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरुले बताएका छन् । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप