जनकपुरधाम । धनुषामा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, विस्फोटमा दुई जना घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिक–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विस्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
तपाईंको प्रतिकृया




