अझ ८७ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी

काठमाडौं । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
८७ स्थानीय तहमा वाणिज्य बैंक पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २०७५ भदौ मसान्तसम्म ८७ स्थानीय तहमा वाणिज्य बैंक पुगेको छैन ।
संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहमध्ये चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरु वाणिज्य बैंकहरु बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश एकका १३७ स्थानीय तह मध्ये ११८ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको उपस्थिति पुगेको छ । प्रदेश २ का १३६ स्थानीय तह मध्ये २३० मा, प्रदेश ३ का ११९ स्थानीय तह मध्ये १०८ स्थानीय तहमा, प्रदेश ४ को ८५ स्थानीय तह मध्ये ८० तहमा र प्रदेश ५ का १०९ स्थानीय तहमध्ये १०६ स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् ।
यसैगरी कर्णाली प्रदेश (प्रदेश ६) का ७९ स्थानीय तह मध्ये ५९ स्थानीय तहमा र सुदुरपश्चिम प्रदेश (प्रदेश ७) का ८८ स्थानीय तह मध्ये ६५ तहमा वाणिज्य बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस