इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘एनआइबिएल मास्टर कार्ड’

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले मास्टर डेविट कार्ड संचालनमा ल्याएको छ । बैंकले ग्राहकलाई कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्ड संचालनमा ल्याएको हो ।

एनआइबिएल मास्टरकार्डको उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले सबै शाखामार्फत मास्टरकार्डको सेवालाई बजारमा प्रभावकारी रुपमा विस्तार गर्ने बताए । कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका भाइस प्रेसिडेन्ट विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको सहकार्यले थप भूमिका खेल्नेमा आशावादी रहेको बताए ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । तीन महिनासम्म ग्राहकलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र कार्डबट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी सुविधा पनि उपलब्ध गराउने बैंकले जनाएको छ । ७७ वटा शाखा पुगेको बैंकको नौ लाखभन्दा बढी ग्राहक छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस