यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार प्रतिकेजी ९ रुपैयाँ ६० पैसादेखि ४६५ रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ ।

सार्वजनिक मूल्यसूची अनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ९ रुपैयाँ ६० पैसा र सबैभन्दा महंगो सकुेको खुर्सानी ४६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, किवि र आभोकाडो प्रतिकेजी ४५० रुपैयाँ, ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठूलो गोलभेडा ४५ रुपैयाँ, सानो गोलभेडा (लोकल) १८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, सानो गोलभेडा (टनेल), तोरीको साग र लाम्चो फर्सी ३५ रुपैयाँ, रातो आलु र मुडेको आलु ४१ रुपैयाँ, सुकेको प्याज (भारतीय) ५१ रुपैयाँ, गाजर (लोकल), हरियो लसुन र हरियो खुर्सानी ७५ रुपैयाँ, स्थानीय काउली ७६ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८५ रुपैयाँ, रातो मूला र तितो करेला ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, तने बोडी ५५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, टाटे सिमी १४६ रुपैयाँ ६७ पैसा, भटमासकोसा ११६ रुपैयाँ, परवर ८५ रुपैयाँ, घिरौल ५६ रुपैयाँ, भिण्डी ६६ रुपैयाँमा किनबेच भइरहेको छ भने पालूगों, चमसूर, मेथीको साग, सौफको साग र पुदीना ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४६ रुपैयाँ, डल्ले च्याउ २९४ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ चुकुन्दर, ग्याठ कोबी, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस