अमेरिकी राष्ट्रपति जो बाइडेन कार्यक्रमस्थलमै लडे…

एजेन्सी । मेरिकी राष्ट्रपति जो बाइडेन भुइँमा लडेका छन् । कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको दीक्षान्त समारोहमा सहभागि भएका बाइडेन स्टेजको भुइँमा लडेका हुन् ।

८० वर्षीय राष्ट्रपति लडेपछि उनलाई तुरुन्तै सुरक्षाकर्मीले उठाएका थिए । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले स्टेजमा रहेको बालुवाको झोलामा ठोक्किँदा राष्ट्रपति बाइडेन लडेको बताएका छन् । उनले ट्वीट गर्दै राष्ट्रपति बाइडेन ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । राष्ट्रपति बाइडेन लडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस