‘परस्त्री’को ‘माया बस्यो तिमीसँग’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक भएको छ । आगामी असार १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ । केके ब्रोदर्स अर्थात् कोसिस र केतन क्षेत्रीको कम्पोज र शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गर्नुभएको हो ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार शिल्पा मास्के र अभिनेता गौरव विष्टलाई फिचर्ड गरिएको छ । गीत मुस्ताङका रमणीय स्थानमा खिचिएको छ । गीतमा मास्के र विष्टको रोमान्टिक केमेस्ट्री गज्जब देखिएको छ । नेपाली र हिन्दीमा रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ ।

विवाहेतर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएका चलचित्रलाई निरज कँडेल छायांकन गर्नुभएको हो । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको चलचित्रमा शिल्पा र गौरवका अलावा कोसिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।

डीएस डिजिटलको ब्यानरमा बनेको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गर्नुभएको छ । खनाल चलचित्रका लेखकसमेत हुनुहुन्छ । चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस