मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ ।

नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जनाइए पनि अझै मन्त्रालय बाँडफाँडमा कुरा मिलिसकेको छैन । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दुई/दुई मन्त्रालय दिने सहमति भएको छ ।

लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक/एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ ।

मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई दिन माग गरेका छन् । माओवादी केन्द्रले गृहमन्त्रालय नारायणकाजीलाई दिने तयारी गरिरहेको बेला कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानसहित रक्षा मन्त्री लिने जनाइएको छ ।

कांग्रेसबाट अर्थमन्त्रालयमा डा. प्रकाशशरण महतलाई पठाइने भएको छ । कांग्रेसले पाउने ८ मन्त्राललयमध्ये अन्यमा सीता गुरुङ, मोहनबहादुर बस्नेत, बद्री पाण्डे, दिपक खड्का, प्रदीप पौडेल र एनपी साउदको सम्भावना बलियो देखिएको छ ।

माओवादी केन्द्रबाट अहिले नै कायम रहेका मन्त्रीहरू मध्ये श्रेष्ठ र संघीय तथा सामान्य शासन मन्त्री अमनलान मोदीले मन्त्रालय हेरफेर गर्ने जनाइएको छ भने अन्य मन्त्री यथावत रहने जनाइएको छ ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक मन्त्रालयले पाउने जनाइए पनि तीन वटा मन्त्रालयमा दाबी नछाडेको एकीकृतले मन्त्रीको नाम भने तोकिसकेको छ । एसले बेदुराम भुषाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने पार्टीले निर्णय गरिसकेको छ ।

त्यस्तै जसपाबाट अशोक राईले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । प्रभु शाह स्वयं मन्त्री बन्दैछन् । आज प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गरेसँगै सपथग्रहण गर्ने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस