एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २० गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २५ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा विहान १०ः३० मा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा …

प्रतिकृया दिनुहॊस