सिप्रदीको आयोजनामा ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’

काठमाडाैं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टाटा मोटर्सले ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ नाराका साथ विशेष कार्यक्रम आयोजना गरेको छ। टाटाको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले कार्यक्रम गरेको हो।

देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै कार्यक्रम गरिएको सिप्रदीले जनाएको छ।  अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा ‘डिजिटल : आविष्कार र प्रविधिमा लैङ्गिक समानता’ रहेको छ।

नारा बोकेको पहल लाई कुनै न कुनै रुपले  सहयोग पुग्ने हेतुले अहिलेको विद्युतीय सवारी र त्यसको लागि जरूरी पूर्वाधार, सीप तथा जानकारी दिन ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ कार्यक्रम आयोजना गरिएको जानकारी प्यासेन्जर भेहिकल प्रमुख सावन्त जंग सिजापतिले दिए।

नेक्सन ईभीका महिला ग्राहकहरुको सहभागितासँगै वात्सल्यकी वरिष्ठ प्रजनन विशेषज्ञ डा.आकृति भारतीको प्रमुख आतिथ्य रहेको थियो।  कार्यक्रममा मिस नेपाल प्रियंका रानी जोशीसहित न्यान्सी खड्का र शरिसा श्रेष्ठका साथै सिप्रदी ट्रेडिङ्गमा कार्यरत महिलाहरु र टाटा मोटर्सका महिला ग्राहकहरुको बाक्लो सहभागिता थियो।

टाटा मोटर्सका तर्फबाट कन्ट्री म्यानेजर अजित नारायण सिंहले विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीसम्बन्धी जानकारी अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एकदम जरूरी रहेको बताए। उनले यसमा हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु र बुझ्नुपर्ने समय रहेको जानकारी दिए।

आ–आफ्नो क्षेत्रबाट विशेष योगदान दिइरहेका आमन्त्रित महिलाहरुलाई नेक्सन ईभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथलीस्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन ईभीमा सवार गरिएको थियो।

यसै दौरान बागडोलमा ग्राहक सेवा प्रमुख सँगसँगै कर्मचारीद्वारा फास्ट चार्जिङ्ग स्टेसनका महत्वपूर्ण जानकारी, ईभी गाडीमा ख्याल राख्नुपर्ने र जान्नुपर्ने तरिकाहरु सिकाइएको थियो।

यसै भ्रमणका क्रममा नेपालको एकमात्र ब्याट्री डायग्नोस्टिक तथा रेस्टोरेसन फेसिलिटीमा ईभी गाडीको हेरचाह तथा मर्मत नेपालमा गर्न सकिने विश्वस्तरीय उपकरणहरु पनि देखियो।

बागडोलपश्चात् सिप्रदी नैकापस्थित ‘इभी लर्निङ सेन्टर’मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धी जानकारी गराइएको थियो।

दक्षिण एसियाकै एकमात्र ट्रेनिङ्ग सेन्टर जहाँ पूर्णरुपमा सञ्चालित उच्च उपकरणहरु पढ्न, बुझ्न र सिक्न सकिने ’इभी लर्निङ सेन्टर’को भ्रमण गर्दै विभिन्न जिज्ञासाहरु पनि राख्ने मौका दिएको ट्रेनिङ्ग सेन्टरका सुमिरा क्षेत्री तथा प्रमुख दिपेश पौडेललाई धन्यवाद दिइएको थियो।

नैकाप पुगेसँगै विभिन्न मनोरन्जनात्मक खेल, प्रश्नोत्तर र खानपिनका विभिन्न परिकारको व्यस्था रहेको यस कार्यक्रमले नेक्सन ईभीका ग्राहक सँगसँगै मिस नेपालका प्रतिस्पर्धीलाई थप हौसला दिने विश्वास सिप्रदी ट्रेडिङ्ग प्रालिले लिएको छ।

नारीहरुको योगदानको कदर हुनु सकारात्मक रहेको र यसले भावी पुस्तालाई देशको लागि केही गर्न प्रोत्साहन गरिरहने प्रमुख अतिथि डा.आकृति भारतीले पनि आफ्नो मन्तव्यमार्फत व्यक्त गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस