सरकारले भाेलिबाट एक महिना ‘आयोडिन मन्थ’ मनाउने

काठमाडौँ । सरकारले भोलिबाट सुरु हुने फ्रब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रुपमा मनाउने भएको छ । आयोडिनको कमीबाट मानव शरीमा हुने स्वास्थ्य समस्यालाई निवारण गर्न विभिन्न जनचेतना मूलक कार्यक्रम उक्त महिनाभरी गरेर आयोडिन मन्थ मनाउन लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

नेपाल सरकारले विगत ५९ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेबारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईवालवालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्रीवितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

आजदेखि सुरु हुने आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टीसर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस