कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा २० प्रतिशतसम्म छुट

काठमाडाैं । कुमारी बैंकका ग्राहकले सिजी डिजिटल एन्ड एलजी सप्पीबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र सिजी डिजिटलबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले आधिकारिक सिजी डिजिटल र एलजी सप्पीमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । योजना १५ फागुनसम्म लागू हुने बैंकले जनाएको छ ।

डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त यो सहकार्यमार्फत सिजी डिजिटल एन्ड एलजी सप्पीमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको जनाइएको छ ।

आगामी दिनहरूमा पनि बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइरहने जनाएको छ । हाल बैंकले देशभरमा तीन सय चार शाखा, तीन सय ४५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस