महिला हिंसा : समाजको कलंक

  • कल्पना शर्मा

भर्खर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ । यही बिचमा महिला हिंसाका केही दर्दनाक घटनाहरू भएका छन् । सुर्खेतमा एक व्यक्तिले श्रीमतीको टाउको काटेर पोलिथिनको ब्यागमा बोकेर हिँडेको समाचार भाइरल भयो । यसले कु्ररताको पराकाष्ठालाई इङ्गित गर्छ । समाज जति अगाडि बढ्दै छ, उति महिलामाथि हिंसाका डरलाग्दा रूपहरू समाजमा छरपष्ट हुँदै गएका छन् ।

डरलाग्दो र समाजको कलंकको घटनाका रूपमा एक डा.श्रीमान्ले दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट मात्रै गरेनन्, घरबाटै निकालिदिए । त्यस्तै प्रेमीले ईङ्गेजमेण्ट तोडेको भन्दै एक युवतीले केटाको घरको गेटमा पेट्रोल खन्याएर आत्महत्या गरिन् । समाज जति विकसित हुँदैछ, मानिसहरू त्यति अविवेकी र असहिष्णु बन्दै गएका उदाहरण हाम्रा सामु छन् । यी त भए महिलामाथि भएका हिंसाका केही डरलाग्दा उदाहरण । हिंसा, शारीरिक मात्रै होइन की मानसिक पनि हुने गर्छ । अवसरबाट वञ्चित गरिनु पनि एकप्रकारको हिंसा हो । परिवर्तनका लागि आवाज उठाउन खोज्दा असहयोग गरेर असमर्थ बनाउने प्रयास गर्नु पनि हिंसा हो । हो, हाम्रो समाजमा हत्या, हिंसादेखि महिलाले अवसरबाट वञ्चित हुनेसम्मका हिंसा बेहोर्नु परिरहेको छ ।

विद्यमान तमाम शोषण, दमन र अत्याचारका कारण महिलामाथि विभिन्न खालका पत्यारै नलाग्ने घटनाहरू घटिरहेका छन् । महिलामाथिको हिंसा डरलाग्दो र कुरूप रूपमा देखिँदै आएको छ । धर्मका नाममा, जातका नाममा, वर्गीयताका नाममा हुने हिंसाका विविध रूपहरू छन् । यो हिंसा नयाँ-नयाँ हिसाबले समाजमा देखा परिरहेको छ । विभिन्न समयमा विश्वमा धेरै ठूला परिवर्तन हुने गर्छन् । हरेक परिवर्तनका पछाडि महिलाहरूको सक्रिय सहभागिता हुने गर्छ । परिवर्तनका दौरान महत्त्वपूर्ण क्षमता प्रदर्शन गर्ने, पुरुषसँगै हातेमालो गर्ने र आन्दोलनका मोर्चा सम्हाल्ने महिलाहरू आन्दोलनको परिवर्तनसँगै नेतृत्व तहमा पुरुष आउँछन् ।

अवसरबाट वञ्चित गरिनु पनि एकप्रकारको हिंसा हो । परिवर्तनका लागि आवाज उठाउन खोज्दा असहयोग गरेर असमर्थ बनाउने प्रयास गर्नु पनि हिंसा हो । हो, हाम्रो समाजमा हत्या, हिंसादेखि महिलाले अवसरबाट वञ्चित हुनेसम्मका हिंसा बेहोर्नु परिरहेको छ ।

कालान्तरमा महिलाहरूको अवस्थामा शाब्दिक परिवर्तन आउन नसकेको यथार्थ हाम्रा सामु छ । महिलामाथि हुने विभिन्न खालका विभेद विद्यमान छन्, यो धेरैलाई थाहा छ । सधैँ हिंसा छ भनेर मात्रै हुँदैन । हिंसा, विभेद र अन्याय जरैदेखि कसरी अन्त्य गर्न सकिन्छ भन्ने प्रयासमा लाग्नुपर्छ । महिलालाई नेतृत्व स्थापित गर्न हालसम्म जेजति काम गरिएका छन् महिलाका लागि ती सहयोगी साबित त भएका छन् तर पर्याप्त भने छैनन् । महिलाका विषयवस्तुलाई हलुकारुपमा हेर्ने हाम्रो संस्कारका कारण पनि निराकरणमा समस्या उत्पन्न भएको हो ।

महिलामाथिको हिंसाको प्रमुख कारण के हो ? यसको राम्रोसँग अध्ययन गर्नु जरुरी छ । बनाइएका नीति तथा योजना व्यवहारमा लागू भइरहेका छैनन् भन्ने देखिएको छ । राज्यले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता पनि संविधानका पानाहरूमा नै सीमित छन् । महिला हिंसाको वास्तविक कारण राज्यशक्ति, श्रोतको बाँडफाँड विषयमा केन्द्रित छ । राज्यव्यवस्था र संविधान, नियम र कानुन बिस्तारै महिलाको न्यायका लागि सकारात्मक त बन्दैछन् तर पर्याप्त छैनन् । महिला सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक सबै क्षेत्रमा पछाडि पर्नुको कारण उनीहरूको इच्छाशक्ति नै कम भएर हो भन्नेहरूको सङ्ख्या पनि छ भने शारीरिक संरचनालाई दोष दिनेहरू पनि भेटिन्छन् ।

हाम्रो समाजमा पितृसत्तात्मक सामन्ती सोच भएका पुरुषका कारण महिला राजनीतिक नेतृत्वमा आउन सकिरहेका छैनन् । राजनीतिक र कूटनीतिक सम्बन्ध तथा राज्यको नेतृत्व पुरुषहरूले नै सम्हालिरहेका छन् । महिला हिंसाको अन्त्यको लागि जतिपनि नियम कानुन बनेका छन्, ती पर्याप्त छैनन् या त्यसमा पुरुष नै सर्वेसर्वा भएका छन् । पितृसत्तात्मक सामाजिक संरचनामा छोरालाई वंशको उत्तराधिकारी मान्ने प्रथाका कारण पनि महिलाहरू पछाडि परेका छन् । जसका कारण हुर्काइदेखि छोरा र छोरीको मानसिकतामा नै फरक प्रभाव पर्दै जान्छ । पैत्तिक सम्पत्तिको मालिक र वंशको उत्तराधिकारी छोरा हुने अवस्थामा कसरी महिला समानता हुन्छ ? विवाह गरेर गइसकेपछि छोरीको माइती घरमा पनि औचित्य नहुने र घरमा पनि अर्काको घरबाट आएको हो भनेर गलत तथा विभेदपूर्ण संस्कार र संरचनाले गर्दा महिलामाथि हुने गरेका हिंसामा वृद्धि भइरहेका छन् ।

महिलामाथिका हिंसामा कमी ल्याउनका लागि दोषीलाई सजाय दिने मात्रै होइन की संविधानले प्रत्याभूत गरेका अधिकारमा स्वयं महिलालाई नै अग्रसर गराउने मुख्य जिम्मेवारी राज्यकै हो । नीति बनाएर मात्रै हुँदैन, महिला समावेशी र समानतामा राज्यका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने प्रमुख दायित्व राज्यकै हो । हिंसा, शारीरिक होस् चाहे मानसिक त्यो भोग्नेलाई थाहा हुन्छ ।

सबैभन्दा धेरै त समाज परिवर्तनको श्रोत ठानिएका र परिवर्तनका भयंकर गफ हाँक्नेहरूबाटै बढीजसो महिला हिंसामा परिरहेका छन् । विगतमा आन्दोलनका समयमा सँगसँगै यात्री रहेका महिला आफ्नै सहकर्मी पुरुषबाट हिंसामा परेका घटनाहरू बाहिर आएका छन् । महिलालाई कामको बहाना होस् वा अन्य कुनै नाममा शोषण गर्ने, मदिरा सेवन गरेर कुटपिट गर्ने, बहुविवाह जस्ता सामाजिक विकृति पुरुषलाई सामान्य बन्दै आएका छन् । पुरुष शक्तिमा हुँदा ऊबाट भए वा गरेका गल्ती र कमजोरी ढाकछोप गर्दै उल्टै महिलालाई नै गलत नजरियाले हेरिदिँदा हिंस्रक पुरुष असल र महिला गलत देखिने परिपाटी छ ।

संघ र संगठनले पनि हिंसामा परेका महिलाभन्दा पावरवाला पुरुषकै समर्थन गर्ने गरेको हामीले देख्दै आएका छौँ । महिलामाथिका हिंसामा कमी ल्याउनका लागि दोषीलाई सजाय दिने मात्रै होइन की संविधानले प्रत्याभूत गरेका अधिकारमा स्वयं महिलालाई नै अग्रसर गराउने मुख्य जिम्मेवारी राज्यकै हो । नीति बनाएर मात्रै हुँदैन, महिला समावेशी र समानतामा राज्यका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने प्रमुख दायित्व राज्यकै हो । हिंसा, शारीरिक होस् चाहे मानसिक त्यो भोग्नेलाई थाहा हुन्छ । तसर्थ हिंसा गर्नेहरूको मनोबल गिराउने र पीडामा परेकाहरूलाई न्याय दिनका लागि राज्य, समाज, संघसंस्था, नागरिक सबैको पहिलो कर्तव्य हो ।

  • नवीन सन्देशबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस