प्रधानमन्त्रीसँग बागमतीका मुख्यमन्त्रीकाे भेट, बधाई साटासाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच बिहीबार बिहान भेट भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मरकट्टेलबीच बधाई साटासाट भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरुबीच छलफल भएको जनाइएको छ । जम्मरकट्टेलले बागमतीमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

मंगलबार बिहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after