प्रतिनिधिसभामा कांग्रेस नेता तेजुलालको ‘ह्याट्रिक’

काठमाडाैँ । सप्तरीको प्रतिनिधिसभा ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले सार्वजनिक गरेको नतिजा अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत विश्वबन्धु पौडेलले जनाए । जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत प्राप्त गरे । जसपाका विद्रोही उम्मेदवार कासिम मियाँ १ हजार ७१७ मत ल्याई पाँचौ स्थानमा रहे ।

चौधरी यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ५ बाट निर्वाचित भई संविधान निर्माण प्रक्रियामा सहभागी भएका थिए । त्यस्तै संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी ४ बाट निर्वाचित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस