आम निर्वाचनको दिन कहाँको मौसम कस्तो ?

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतः सफा रहने छ । आज आम निर्वाचन । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

मौसम पूर्वानुमान महाशाखाले हिमाली भेगमा सामान्य हिमपात भए पनि निर्वाचनमा असर पर्ने खालको कुनै मौसमी प्रणाली नरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस