बिजबजारले ल्यायाे सर्वसाधारणका लागि चोभारमा लिङ्गे पिङ्ग

काठमाडाैं । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ ।

बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा अदितिनाथ सामुदायिक बन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ गते देखि छठसम्मको लागि लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको हो ।

पिङ बजारमा सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्ने कम्पनीले बताएको छ। बिजबजारले दशैंलाई लक्षित गर्दै परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दशैँमा मनोरञ्जन प्राप्त होस् भन्ने हेतुले पिङ बजार सञ्चालन गरेको जनाएको छ।

साथै बिजबजारले सो अवधिमा त्यो ठाउँमा पार्किङ गर्ने सर्वसाधारणको लागि १०० रुपैयाँको भौचर कोड PINGBAZAR को पनि व्यवस्था गरेको जनाएको छ । जसको प्रयोग गरेर सेवाग्राहीले बिजबजार मार्फत सामान खरिद गर्दा रु १०० बराबरको छुट प्राप्त गर्न सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । …

प्रतिकृया दिनुहॊस