ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो ।

उक्त आईपीओ एक लाख पाँच हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओका लागि आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको भने हात खाली भएको छ । कम्पनीको आईपीओमा १५ लाख १२ हजार ५३७ जनाले आवेदन दिएका थिए ।

कम्पनीले भदौ २९ गतेदेखि असार २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको हो । त्यसमध्ये तीन प्रतिशतअर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र पाँच प्रतिशतअर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।

उक्त आईपीओको रिजल्ट लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टमार्फत हेर्न सक्नेछन् । साथै, सिक्लेस हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस