आइएमई पेले ७.१३ प्रतिशत ब्याज दिने

काठमाडाैँ । आइएमई पेले असोज महिनादेखि कम्पनीले प्रदान गर्दै आइरहेको ब्याजदर वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३ प्रतिशत को ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । ​

प्रयोगकर्ताहरुले बैंकमा झैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रियलमी विजेताले पाए स्कुटर र टिभी

काठमाडौं । रियलमीले ‘दशैँ तिहार उमंग : उपहारले सबै दंग’ क्याम्पेनका विजेता घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस