एलिजाबेथको अन्त्येष्टिमा सहभागी भएकी डेनमार्ककी रानीलाई कोभिड पोजेटिभ

एजेन्सी । डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड-१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् ।

मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो ।

८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुनामध्ये एक थिइन् । उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् । उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस