प्रभु बैंक र होटल ग्राण्ड साम्बालाबिच सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथकाबिच सम्झौता भएको छ । बैँकले आफ्ना ग्राहकहरुलाई होटलको विभिन्न सेवाहरुमा छुट प्रदान गर्न उक्त सम्झौता पत्रमा हस्ताक्षेर गरेका हुन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङले हस्ताक्षेर गरेका हुन् ।

प्रभु बैंक र उक्त प्रा. लि.बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बाला प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस