बैंक अफ काठमाण्डूको रिकरिङ र रिभर्स रिकरिङ खाता सार्वजनिक, ११.०३ प्रतिशत ब्याज

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरू सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको खातामा ११.०३ प्रतिशतको उच्च ब्याजदर भएको बैंकले जनाएको छ ।

रिकरिङ निक्षेप खातामा ग्राहकलाई त्रैमासिक रूपमा ब्याज भुक्ताWनी गर्नेछ । यस खातामा न्यूनतम एक हजार रुपैयाँ बचत गर्न सकिन्छ ।

साथै भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रूपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु. पाचँको गुणामा न्यूनतम १ वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने बैंकले जनाकारी दिएको छ । रिकरिङ निक्षेप ग्राहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बीओके रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक सार्वजनिक गरेको बैंकले दाबी गरेको छ ।

यस खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रूपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजना अनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा रहेको छ ।

न्यूनतम कुल मौज्दात रु. दुई लाख भएको छ । खातामा न्यूनतम एक वर्षदेखि अधिकतम १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको छ ।

साथै यस रिकरिङ तथा रिभर्स रिकरिङ निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशत सम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस