उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । दिउँसो बस्ने बैठकले उपसभामुखमा कसलाई भोट दिने भन्नेबारे निर्णय लिनेछ ।

लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने बैठकले टुङ्गो लगाउने छ । यद्यपि लोसपामा गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ ।

उपसभामुख चयनका लागि दिउँसो ३ बजे मतदान हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस