त्रिवि कर्मचारी संघमा गठबन्धनलाई पराजित गर्दै एमाले निकट प्यानल विजयी

काठमाडौँ । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन्। कार्की आफ्नो प्यानलसहित प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रगतिशील समूहकै भूपेन्द्र लामा, उपाध्यक्षहरूमा पुष्कर खनाल, विजय कुशवाह, रविलोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा विजयी भएका छन् । संघको महासचिवमा सृजना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भए ।

२५ सदस्यीय केन्द्रीय समितिका सबै पदमा एमाले निकट कर्मचारी निर्वाचित भएका हुन् । असार १० गते देशभर भएको निर्वाचनको मत परिणाम आज सार्वजनिक भएको थियो ।

को-को भए निर्वाचित ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस