नरेन्द्र मोदीको कटु आलोचना गर्ने भारतीय पत्रकार पक्राउ

बीबीसी । भारतमा प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीका एक कटु आलोचक रहेका तथ्य जाँच गर्न स्थापित एउटा वेबसाइटका सहसंस्थापकलाई पक्राउ गरेका छन् । मोहम्मद जुबैर अल्ट न्यूजका पत्रकार हुन् र उनीमाथि सामाजिक सञ्जाल ट्विटरमार्फत् धार्मिक आस्थामाथि आघात पुर्‍याएको र घृणा फैलाएको आरोप लगाइएको छ ।

विपक्षी नेताहरू र पत्रकारहरूले उक्त गिरफ्तारीको निन्दा गरेका छन् । उनीहरूले घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने भारतको हिन्दू राष्ट्रवादी सरकारको प्रयासका रूपमा पछिल्लो गिरफ्तारीलाई लिएका छन् । जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

उनले गरेको ट्वीट व्यापक रूपमा शेअर गरिएको थियो र त्यसका कारण कैयौँ मुसलमान देशहरूले भारतविरुद्ध रोष प्रकट गरेका थिए । केही सातायता हिन्दू राष्ट्रवादीहरूले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण गराउँदै आएका थिए र आफ्नो धार्मिक आस्थामा ठेस पुर्‍याएको भन्दै सरकारको निन्दा गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस