लिफ्ट मागेर बुढीतोलामा कर्मचारी लुट्ने गिरोह पक्राउ

काठमाडाैं । कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए । उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए । केही बेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो ।

कञ्चनपुरको दैजी घर भएका डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर भण्डारी आज महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियाे । घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ । भण्डारीको टाउको र शरिरमा चोट लागेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेकाे जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस