निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अघि देखिएको छ ।  जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ । कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा छ ।

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२ दशमलव ०५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरुमध्य २१ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धि ७ दशमलव ३७ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस