एजेन्सी। अफगानिस्तानमा भूकम्पबाट २ सय ५० जनाको मृत्यु भएको छ। कम्तिमा १ सय ५० जना बढी घाइते भएका छन्। अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो। धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो। सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको वताएका छन्।
तपाईंको प्रतिकृया




