तस्वीर, नन्दराम जैसी

केसी अनसनस्थलमा झडपको स्थिति

जुम्ला । बिहीबार प्रहरीले बल प्रयोग गर्दा अनसनरत गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना भएको छ। प्रहरीलाई प्रतिष्ठान प्रवेश गर्न दर्जनौँ विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो।

तस्वीर, नन्दराम जैसी

उता विद्यार्थी तथा केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध गरिरहेका छन्। प्रहरीले विद्यार्थीहरूलाई त्यहाँबाट हटाउन खोज्दा केसीका समर्थकसँग ठेलमठेल भएको थियो।

सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ जहाँ विद्यार्थीहरू बसिरहेका छन्। तर नेपाल प्रहरीको टोली भने भवन बाहिर नै छ। बल प्रयोग नगरी प्रहरी भित्र जान नसक्ने तथा केसीका समर्थकले प्रहरीलाई भित्र जान अवरोध गर्ने परिस्थिति सिर्जना भएका कारण यहाँ झडप निम्तने खतरा रहेकाे छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा कानुनमन्त्री नरेश भण्डारीले प्रहरीलाई भित्र प्रवेश गराउने तथा केसीलाई काठमाडौं पठाउने काम गरिरहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस