सिंगटी हाइड्रोले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

काठमाडौं ।  सिंगटी हाइड्रो इनर्जी कम्पनीले  साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सिंगटीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासनको तयारी गरेको हो ।

निष्कासन हुने कुल आईपीओमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए ।  यस्तै, सर्वसाधारणका लागि २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन गरिनेछ ।
सेयर निष्कासन गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने तयारी भइरहेको पनि अधिकारीले बताए । बोर्डबाट स्वीकृति पाएपछि दशैं लगत्तै सेयर निष्कासन हुनेछ ।

पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस