माथिल्लो तामाकोसीको आइपीओ निष्काशन समय सर्यो

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाबासीका लागि निष्काशन गर्ने साधारण सेयर (आईपिओ) खुला गर्ने मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि असार २४ देखि साउन ९ गतेसम्म निष्काशन गर्ने सूचना निकालेकोमा अब भने साउन १६ गते देखि भदौ १४ गतेसम्म निष्काशन हुनेगरि संसोधन गरेको हो ।

अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

पहिलो चरणमा भने स्थानीय बासिन्दालाई एक करोड ९० लाख कित्ता आइपिओ निष्काशन हुनेछ भने यसपछि सर्वसाधारणको लागि बिक्रि खुला गरिने बिक्रि प्रबन्धक नागरीक लगानी कोषले जनाएको छ । स्थानीयले न्युनतम ३० कित्ता देखि अधिकतम ३०० कित्ता सम्मको सेयरका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपिओको बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन्  ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस