भीभो वाई सिरिजका नयाँ स्मार्टफोनहरु ‘बिगर ब्याट्री मोर फन’

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिममा  बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउँनेछ । भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ ।

भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि हुनेछ । भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ ।

यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुबै स्मार्टफोनहरु वाटरड्रप नोच डिजाइनमा आउनेछन् । भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस