पोखरा फाइनान्सको नयाँ शाखा गोरखाको पालुङ्गटारमा

काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङ्गटार न.पा. ५, ठाँटीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको उद्घाटन संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङ्गटार नगरपालिकाका नगर उपप्रमुख  पम्फा बसेलले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ, पालुङ्गटार इकाईका उपाध्यक्ष आशिष देवकोटा तथा बजार व्यवस्थापन समितिका अध्यक्ष तेजु गिरी र समाजसेवी विमल ढकालले शुभकामना मन्तव्य व्यक्त गरे ।

हाल संस्थाको चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको छ । उक्त पालुङ्गटार शाखा मार्फत् निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड तथा c-ASBA लगायतका विभिन्न सेवा तथा सविधाहरु ग्राहकवर्गहरुलाई दिने कुरा कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस