बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड पुग्यो सेमिफाइनल

काठमाडौं । बेल्जियमलाई स्तब्ध पार्दै स्वीट्जरल्याण्ड युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले सुरु गरेको प्रतिस्पर्धा नेशन्स लिग अन्तर्गत समूह ए टू मा रहेको स्वीट्जरल्याण्डले आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमलाई ५–२ ले निराश पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

स्वीट्जरल्याण्डको जितमा ह्यारिस सेफेरोविचले ह्याट्रिक गरे । यस्तै रिकार्डो रोड्रिग्वेज र निको एलवेदीले एक–एक गोल गरे । बेल्जियमका लागि थोरगन हजार्डले दुई गोल गरेका हुन् । खेलमा सुरुवाति अग्रता बेल्जियमले लिएको हो । १७ मिनेटभित्र उसले दुई गोल गरेको थियो । हजार्डले दोस्रो र १७ औँ मिनेटमा गरी दुई गोल गरे ।त्यसपछि स्वीट्जरल्याण्ड खेलमा फर्कियो । उसका लागि २६ औँ मिनेटमा पाएको पेनाल्टीमा रोड्रिग्वेजले पहिलो गोल गरे । यस्तै सेफोरोविचले ३१ र ४४ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा स्वीट्जरल्याण्डले ३–२ को अग्रता लियो । ६२ औँ मिनेटमा उसका लागि एलवेदी थप एक गोल गरे । सेफेरोविचले ८४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि स्वीट्जरल्याण्ड ५–२ ले विजयी भयो ।

उसले आउँदो जुनमा पोर्चुगलमा हुने सेमिफाइनलमा स्थान बनायो समूहको शीर्ष स्थानमा रहेर । समान ९ अंक नै भए पनि हारपछि बेल्जियम गोल अन्तरमा पछि परेको हो । यो समूहबाट एक खेल पनि जित्न नसकेको आइसल्याण्ड रेलिगेशनमा परेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस