मध्यभोटेकोसीले कात्तिक २८ बाट कर्मचारीका लागि सेयर निष्कासन गर्ने

काठमाडाैं । मध्यभोटेकोसी जलविद्युत कम्पनीले आगामी कात्तिक २८ गतेबाट कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको कर्मचारीका लागि छुट्याइएको सेयर निष्कासनको तयारी गरेको हो ।

पहिलो चरणमा १ सय रुपैयाँ अंकित १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बताए । निष्कासन हुने सेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता छुट्याइएको छ । यस्तै, संस्थापक संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने पनि उनले जानकारी गराए ।

आयोजनामा लगानी गर्न २०६८ मंसीर २२ गतेबाट बहाल तथा २०७५ असोग २९ गतेसम्म थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले सेयर खरिदका लागि आवेदन दिन पाउने छन् । सेयर निष्कासनको अवधिभर कात्तिक २८ देखि मंसीर १४ गतेसम्म संचयकोषका संचयकर्ताले तथा मंसीर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका र ऋणदाता संस्थाका कर्मचारीले आवेदन दिन पाउने छन् । आवेदन कर्ताका लागि सि-आस्वा प्रणाली अनिवार्य गरिएको कम्पनीले जनाएको छ ।

आवेदकहरुले देशभरबाट सि-आस्वा प्रणाली लागुभएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनु पर्नेछ । संचय कोषका संचयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्युनतम ५० देखि अधिकतम ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । संचय कोषका कर्मचारीले न्युनतम ५० देखि अधिकतम १२ सय कित्ता खरिद गर्न आवेदन दिन सक्नेछन् ।

चरणको सेयर निष्कासनपछि स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीयका लागि ६० लाख र सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस