जर्मनीमा विमान दुर्घटना तीनकाे मृत्यु, पाँच घाइते

काठमाडाैं । जर्मनीमा निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो ।

मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । बिमान चालक भने सामान्य घाइते भएका छन् । विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ ।

मौसम सफा भएकै अवस्थामा विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस