मेसीविनाको खेलमा अर्जेन्टिनाको सहज जित

काठमाडाैं । स्टार खेलाडी लियोनेल मेसीसहितका चर्चित अनुहारविहिन अर्जेन्टिनाले इराकमाथि शानदार जित निकालेको छ । साउदी अरेबियामा बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई ४–० ले हराएको हो ।

अर्जेन्टिनाको टिममा अधिकाशं युवा अनुहारलाई मौका दिएको थियो । उसका लागि लाउतारो मार्टिनेजले गोल गरे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो । यस्तै पाउलो डिबालाको सहयोगमा रोबर्तो परेयराले गोल गरे ।

अर्जेन्टिनाका लागि तेस्रो गोल जर्मन पजेलाले गरेका हुन् । यस्तै फ्रान्को सेर्भीले गोल गरेपछि अर्जेन्टिनाले ४–० को जित निश्चित गरेको हो । यो खेलमा मेसीसहित सर्जियो अगुइरो, गोन्जालो हेगुइनलगाएत खेलाडीलाई टिममा समावेश गरिएको थिएन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस