CAN Info Tech 2019 मा अब DJI र Crane का उत्पादन पनि

काठमाडौं ।  आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा  सहभागी  भएको छ । माघ १५ गतेबाट शुरु भएको क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको आइएमएस लिटल स्माइल्स्को  स्टल रहेको छ ।

क्यान इन्फोटेको स्टल मार्फत ड्रोन क्यामरा, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादनहरु प्रदर्शनीमा छ । यसमा विशेष प्रकारको इन्जीनियरिङ टेक्निक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिने म्याटोग्राफी भएको डीजेआई, कमउचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी आइएमएस ग्रुपले जनाएको छ ।

ओस्मो पकेल र स्मार्ट कन्ट्रोलर पनि आकर्षक छुटका साथ क्यान इन्फोटकमा आजैदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामरालाई नेपाली बजारमा भित्र्याउन पाएकोमा आफू एकदमै खुशी भएको जनाए ।

 

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस