नेपाल एग्रो लघुवित्तको नाफा ७२ लाखमाथि

काठमाडाैँ । नेपाल एग्रो लघुवित्तले चालु आर्थिक बर्षको देस्रो त्रैमासमा ७२ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्त २ लाख ६३ हजार  रुपैयाँ घाटा रहेको थियो ।

बचत तथा कर्जा 
लघुवित्तले चालु आर्थिक बर्षको दास्रो त्रैमासमा १४ करोड ७९ लाख ९५ हजार रुपैया बचत संकलन गरी ४९ करोड १० लाख ३० हजार कर्जा लगानी गरेको छ । बचतमा ९३.७८ प्रतिशत तथा कर्जामा ९६.२१ प्रतिशतले बृद्धि गरेको लघुवित्तले गत बर्षको सोहि अवधिमा ७ करोड ६८ लाख २८ हजार रुपैयाँ बचत संकलन गरी २५ करोड २ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्ममा  १ करोड ४ लाख ९३ हजार रुपौयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको साहि अवधिको भन्दा ३८.६१ प्रतिशतले बढि हो  । गत आर्थिक बर्षकोे सोहि अवधिमा लघुवित्तले ७५ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
लघुवित्तकोे खराब कर्जा ०.५६ प्रतिशत र कस्ट अफ फण्ड १०.७२ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस