Tag Archives: भूकम्प

लमजुङ केन्द्र भएर भूकम्पको धक्का महसुस

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ। गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिममा रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ। गए राति भूकम्प जाँदा अधिकांश मानिस निद्रामा भएका बेला भूकम्पले उठाएको थियो। भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ। …

पुरा पढ्नुहॊस »

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ। देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ। स्थानीय समय अनुसार शुक्रबार राति भूकम्प आएको हो। भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्।

पुरा पढ्नुहॊस »

४.१ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु गोरखा

गोरखाको मनकामना आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार दिउँसाे ४ बजेर ५४ मिनेटमा मनकामना क्षेत्र आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। मनकामनामा क्षेत्रमा गएको भूकम्पको धक्का गोरखासँगै चितवन र धादिङमा पनि महसुस भएको थियो।

पुरा पढ्नुहॊस »

फिलिपिन्समा ६ म्याग्‍निच्यूडको भूकम्प

शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। २३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। क्षतिकाे बारेमा कुनै विवरण प्राप्त भएकाे छैन।

पुरा पढ्नुहॊस »

पपुवा न्युगिनीमा ५ दशमलव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आइतबार सोलोमन द्वीपनजिककाे समुद्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएकाे थियाे। भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन।एजेन्सी

पुरा पढ्नुहॊस »

दोलखा केन्द्रविन्दु भएर ४.२ रेक्टरको भूकम्प

दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको सो केन्द्रले जनाएको छ। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै पराकम्प गइसकेका छन्।

पुरा पढ्नुहॊस »

जापानको ओगासावारामा ६.३ म्याग्निच्युडको भूकम्प

जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ। स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ। यद्यपी अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।

पुरा पढ्नुहॊस »

चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै क्षतिको खबर छैन। थप विवरण आउन बाँकी छ।

पुरा पढ्नुहॊस »

पपुवा न्युगिनीमा ५ म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो। ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ। पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ।

पुरा पढ्नुहॊस »

चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प

उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्।

पुरा पढ्नुहॊस »