Tag Archives: एमाले

२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न एमालेकाे सर्कुलर

एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो। साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ। यस्तो छ सर्कुलर नेकपा (एमाले), केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका …

पुरा पढ्नुहॊस »

पार्टीकाे अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन

नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ। आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई गत पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न …

पुरा पढ्नुहॊस »

माघ ८ गते हुने भनिएकाे एमाले प्रदेश अधिवेशनको मिति सर्‍याे

एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ। एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ। पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ। यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ। सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने …

पुरा पढ्नुहॊस »

एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा हुँदै

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ। सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ। बैठकले राजनीतिक/साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ, हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय …

पुरा पढ्नुहॊस »

एमालेको १०औं महाधिवेशनः सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी

सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ। बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ। वडा र पालिकास्तरमा नेतृत्व चयनमा सर्वसम्मति गरेको एमालेले केन्द्रीय नेतृत्वमा पनि सर्वसम्मतिबाटै चयन गर्नुपर्ने महाधिवेशनमा सहभागी केही प्रतिनिधिको धारणा छ। नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेकाले महाधिवेशनमा सहभागी हुन आएका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

पुरा पढ्नुहॊस »

एमालेकाे दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट प्रतिनिधि छानिए

नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ। अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेले जनाएको छ। पार्टीले कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देश गरेको थियो। एमालेका केन्द्रीय प्रचार विभाग …

पुरा पढ्नुहॊस »

महाधिवेशनका लागि एमालेले गठन गर्याे १२ समिति

नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ। एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए। महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन् प्रतिनिधि व्यवस्थापन: संगठन विभाग जनपरिचालन: सुरेन्द्र पाण्डे प्रचारप्रसार: योगेश भट्टराई सांस्कृतिक: रघुजी पन्त/देवी …

पुरा पढ्नुहॊस »

देशभरका पालिकामा एमालेले आज अधिवेशन गर्दै

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ। अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए। यसअघि कात्तिक ६ गते …

पुरा पढ्नुहॊस »

उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गत एमालेका विभिन्न कमिटीमा अधिवेशन

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी गरी चार कमिटी रहेका छन्। शाखा अधिवेशन आजदेखि सुरु भएको छ भने इलाका अधिवेशन कात्तिक ९ गते हुनेछ । सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ …

पुरा पढ्नुहॊस »

प्राकृतिक विपत्तिमा परेका ठाउँ बाहेक तोकिएकै मितिमा एमालेले वडा अधिवेशन गर्ने

नेकपा एमालेको वडा तथा पालिका अधिवेशन तोकिएकै मितिमा गर्ने भएको छ। बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए। ‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ। तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने।

पुरा पढ्नुहॊस »
This will auto close after