एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा हुँदै

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ।

सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ।

बैठकले राजनीतिक/साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ, हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाईं, स्वास्थ्य प्रदेश सदस्य डा. रामकुमार अधिकारी र स्वयंसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नु पर्ने तय गरिएको उपसचिव गुरुङले जानकारी दिए। बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको उपस्थितिमा थियो। एमालेले सबै प्रदेशमा पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरणमा प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी निरीक्षक निलम्बित भएका छन् । प्रहरी …

प्रतिकृया दिनुहॊस