काठमाडाैँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल म्याड्रिडले जर्मन क्लब आयाक्सलाई २–१ ले हराएको छ ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा आयाक्सले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा म्याच रेफ्रीले मान्यता दिएनन् । यता रियरलले पहिलो हाफमा गोल गर्न सकेन । जसका कारण दुबै टिमले पहिलो हाफ गोलरहित बराबरी खेले ।
दोस्रो हाफमा भने रियलले घरेलु टिममाथि दबाव बनायो । ६० औं मिनेटमा भिनिसियस जुनियरको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसको १५ मिनेटमा नै हाकिम जिएकले आयाक्सकालागि गोल गर्दै खेल बराबरीमा ल्याए । डेविड नेरेसको पासलाई गोलमा परिणत गरेका थिए ।
खेल एक–एक गोलको बराबरीमा चलिरहेका बेला रियलले तीन मिनेट बाँकी हुँदा पुन: अग्रता लियो । ड्यानी कार्भाजलको क्रसमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई दुई एकले अगाडि राखे । यो बेला पनि खेलाडीले फल गरेको भन्दै विवाद भए पनि भीएआरको साथ लिइएको थियो ।
त्यसपछि आयाक्स खेलमा फर्कन सकेन र रियल २–१ ले विजयी भयो । दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।
प्रतिकृया दिनुहॊस