रोनाल्डोको गोलमा युभेन्ट्सलाई १४ अंकको अग्रता

एजेन्सी । ईटालियन सिरि ए फुटलबमा युभेन्ट्सले १४ अंकको अग्रता लिन सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रोसिनोनीलाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले लिगमा फराकिलो अग्रता बनाउन सफल भएको हो ।

क्रिस्टियानो रोनाल्डोको कर्नर पासलाई सदुपयोग गर्दै पाउलो ड्याबालाले छैटौ मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रोनाल्डोले ६३ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

रोनाल्डोले सबै प्रतियोगितामा सिजनको २१ औ गोल गर्न सफल भएका छन् । युभेन्ट्सले २४ खेलबाट ६६ अंक जोेडेको छ । नापोलीको ५२ अंक छ । पराजित फ्रोसिनोनी १६ अंक सहित रेलिगेशन जोनमा पुछारदेखि दोस्रोमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस