पहिलो लेगमा नेपोलीलाई सफलता

एजेन्सी । इटालियन क्लब नेपोलीले युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ । बिहिबार राति भएको खेलमा नेपोलीले साल्जबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा नेपोलीलाई जित दिलाउन मिलिक र फाबियानले एक एक गोल गरे । नेपोलीले एक आत्मघाती उपहार पाएको थियो । साल्जबर्गका जेरोमीले आत्मघाती गोल गरे ।

Arkadiusz Milik (left) rounds goalkeeper Alexander Walke (right) to open the scoring

जितसंगै नेपोलीले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग साल्जबर्गको मैदानमा हुनेछ ।

युरोपा लिग अन्तर्गत नै स्पेनिस क्लब भिया रियलले जेनिथलाई ३-१ तथा भ्यालेन्सियाले क्रास्नोडारलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

यस्तै सेभियाले स्लाभासंग २-२ गोलको बराबरी खेल्दा इन्टर मिलानले फ्रान्कफर्टसंग गोलरहित बराबरी खेलेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री