समाचार

सिमलताल पहिरो : बेपत्तामध्ये पाँचौं व्यक्तिको शव भेटियो

काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ । …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा भेटिएको तीनवटै शवको परिचय खुल्यो (अपडेट)

नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका-२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

चुनावी र्‍यालीमा चलेको गोली ट्रम्पलाई लाग्यो (भिडिओ)

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति चुनावी र्‍याली चलिरहेका गोली चलेको हो । गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए । घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । ओहायोका …

पुरा पढ्नुहॊस »

घटनाको तेस्रो दिन आज गृह सचिवसहितका टोली त्रिशूली जाँदै

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज बिहानबाट सुरु भएको छ । शनिकार अबेर रोकिएको खोजी कार्य बिहान ७ बजेबाट पुनः सुरु गरिएको हो । शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने …

पुरा पढ्नुहॊस »

चौथोपटक प्रधानमन्त्री बन्दै ओली, भोलि शपथग्रहण त्यसपछि मन्त्रीमण्डल गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज साँझ ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वानलगत्तै कांग्रेसको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

आइतबार भारी वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपतिको आह्वानलगत्तै दाबी पेश गर्ने, ओली र देउवाले गरे हस्ताक्षर

काठमाडौं । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेश गर्ने भएका छन् । त्यसका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरेको नेकपा एमालेका सांसद सूर्य थापाले जानकारी दिए । थापाले फेसबुकमा दाबी पेश गर्न तयार पारिएको कागजमा हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक समेत गरेका छन् ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डले गुमाए संसदको विश्वास, विपक्षमा १९४ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएका छन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिएका थिए । आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds