समाचार

कांग्रेसले टुंग्यायो मन्त्री बन्ने १० नेताको नाम

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री हुनेको १० नेताको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जान लागेको हो । उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ । रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् । ऐनबहादुर शाही वन मन्त्री निश्चित भएको हो । सभापति …

पुरा पढ्नुहॊस »

एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूको नाम हेरफेर गरेको छ । आइतबार राति टुंगिएको भनिएको नाममध्ये तीन जना हेरफेर गरेको हो । यसअघि योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठ मन्त्री बन्ने भनिएकोमा शीर्ष नेताहरुको पछिल्लो छलफलले उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने निर्णय गरेको हो । जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । …

पुरा पढ्नुहॊस »

कालिकोटमा ट्याक्टर पल्टिदा चालकको मृत्यु, २ जना गम्भीर घाइते

काठमाडौं । कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्कोट नगरपालिका-५ अन्तर्गत आरसिपिबजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । चालकसहित अन्य दुई जना गम्भीर घाइते भई उपचारका लागि बाटोमा लैजाँदै गर्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा रास्कोट नगरपालिका-२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। उनीहरूको उपचार भइरहेको …

पुरा पढ्नुहॊस »

एमालेले टुङग्यायो आठ मन्त्रीको नाम (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गए राति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्ग्याएको हो । एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षा हुने, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र …

पुरा पढ्नुहॊस »

ठमेलबाट २० करोड ३७ लाख मूल्यको ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ

काठमाडौं । प्रहरीले झण्डै छ किलो कोकिन जस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो । प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिन जस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौँले आज यहाँ पत्रकार सम्मेलनमार्फत बरामद गरिएको …

पुरा पढ्नुहॊस »

ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आइतबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । ओलीले शुक्रवार नै आफ्नो दल नेकपा एमालेसँगै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले प्रधानमन्त्रीका रुपमा …

पुरा पढ्नुहॊस »

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस् : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् । आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरू उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीशसँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन् । उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए । ‘मेरो …

पुरा पढ्नुहॊस »

ओली सरकारमा कांग्रेसबाट प्रकाशमान र एमालेबाट विष्णु उपप्रधानमन्त्री

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ । कांग्रेस र एमालेबाट एक/एक जना उपप्रधानमन्त्री बन्ने भएका हुन् । कांग्रेसले प्रधानमन्त्रीमा एमालेलाई समर्थन गरेसँगै आफूलाई उपप्रधानसहित मालदार मन्त्रालयको दाबी गरिरहेको छ । सहमति अनुसार एमालेले प्रधानमन्त्रीसहित अर्थ आफ्नो कोल्टामा पार्दा कांग्रेसलेपनि गृह र परराष्ट्रसहितका अन्य मालदार मन्त्रालयको लबिङमा जुटिरहेको छ । सभापति शेरबहादुर देउवाले पार्टीबाट उपप्रधानमन्त्रीको नेतृत्वमा कांग्रेसलाई सरकारमा सहभागी पठाउने …

पुरा पढ्नुहॊस »

ब्रिटिस कलेजले किन्यो क्यानडाको १२५ वर्ष पूरानो मेरिटाइम बिजनेस कलेज

काठमाडौं । काठमाडौंमा रहेको ब्रिटिस कलेजको मुख्य कम्पनी ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको १२५ वर्ष पूरानो एक कलेज अधिग्रहण गरेको (किनेको) छ । ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको नोभा स्कोटियामा अवस्थित निजी मेरिटाइम बिजनेस कलेज (एमबीसी) खरिद गरेको बताएको छ । सन् १८८९ मा स्थापित कलेजले विकाससिल रोजगार बजारमा शैक्षिक उत्कृष्ठता प्रदान गर्दै आएको बताइएको छ । उक्त कलेजले शिक्षा मन्त्रालयको डेसिग्नेटेड लर्नि इन्स्टिच्युट (डीएलआई)को मान्यता पाएको ब्रिटिस एजुकेसन ग्रुपले जनाउको छ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds